काठमाडौं । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ । नेपाल प्रेसमा कार्यरत पत्रकार सुवेदीलाई काठमाडौंको नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयमा रहेको समाचार कक्षबाट प्रहरीले केहीबेरअघि नियन्त्रणमा लिएको हो । प्राप्त जानकारीअनुसार, प्रकाशित समाचारको स्रोत खोज्ने भन्दै प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस घटनाबारे प्रहरीले औपचारिक रूपमा थप विवरण