काठमाडौं : नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ। ‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत इसेवाले एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत २,००० र प्रत्येक चौकाबापत १,००० रकम अधिकतम सीमा १० लाखसम्म योगदान गर्नेछ। एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क तथा रेड पान्डा नेटवर्क नेपालसँगको सहकार्यमा प