सरकारले १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्यो

  • शुक्रबार​ १४ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : सरकारले १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन र प्रक्रियाको पालना नगर्ने तथा खरिद कार्यमा जिम्मेवारी पूरा नगर्ने फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ। वर्तमान सरकार गठन भएयता का