विराटनगर : कोशी प्रदेशमा नेपाली भाषासँगै १३ वटा मातृभाषाले सरकारी कामकाजमा प्रयोगको कानुनी मान्यता पाएका छन्। प्रदेश सरकारले कात्तिक २५ गतेदेखि सरकारी कामकाजको भाषा ऐन, २०८३ कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। कोशी सरकारको निर्णयसँगै बहुभाषिक पहिचानलाई सरकारी कामकाजमा जोड्ने बाटो खुलेको हो। प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीका दिन अर्थात् कात्तिक २५ गतेदेखि ऐन लागू गर्ने निर्णय गरेको छ । सरकारले उक्त दिनलाई प्रत्येक वर्ष प्र