काठमाण्डु- सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियासम्बन्धी विवादमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई पक्राउ गरिएकोप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ। एसोसिएसनले शुक्रबार विज्ञप्ति जारी गर्दै आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिएको गिरफ्तारीले विधिको शासन र पेशागत मर्यादामाथि प्रश्न उठाएको जनाएको छ। एसोसिएसनका