काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति अझै तय हुन सकेको छैन । परराष्ट्र मन्त्रालयले भ्रमणका लागि आवश्यक तयारी भइरहेको भए पनि दुवै देशलाई अनुकूल हुने समयको टुंगो लागेपछि मात्रै मिति निर्धारण गरिने जनाएको छ । परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको जानकारी दिएका