बद्रीनाथबाट तीर्थयात्री लिएर देहरादुन जाँदै गरेको हेलिकोप्टर दुर्घटना

  • शुक्रबार​ १४ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : भारतको उत्तराखण्डस्थित बद्रीनाथमा हेलिकोप्टर दुर्घटना भएको छ। जोशीमठ र बद्रीनाथको बीचमा शुक्रबार निजी कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेको हो। हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। उक्त हेलिकोप्टरले शुक्रबार दिउँसो करिब १ बजेर १४ मिनेटमा बद्रीनाथबाट देहरादुनको सहस्रधाराका लागि उडान भरेको थियो। खराब मौसमका कारण जोशीमठ उपत्यकामा हेलिकोप्टरको सम्पर्क टुटेको थियो । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले खराब मौसमका बीच हेलिकोप्टरसँगको सम्पर्क टुटेको जानकारी दिएका छन्