काठमाडौं : संयुक्त राष्ट्रसंघकोको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपाल स्तरोन्नति हुने निर्धारित समय थप गरेको छ।शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले अति कम विकसित राष्ट्रको सूचीबाट नोभेम्बर २०२६ मा हुने भनिएको नेपालको स्तरोन्नतिको निर्धारित समय तालिका ३ वर्ष अर्थात् नोभेम्बर २०२९ सम्म पछाडि सार्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेबमोजिम राष्ट्रसंघको महासभाबाट सर्वसम्मत रूपमा प्रस्ताव पारित भएको जानकारी दिए। यस निर्णयबाट नेपाल