काठमाडौं : बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ हेटौँडा–पथलैया सडकखण्डस्थित नेपाल आयल निगमको डिपो नजिक तीनवटा सवारी साधन ठोक्किदा १० जना घाइते भएका छन्। डिजेल बोकेको ट्यांकर,हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको हाइस ठोक्किएको र सोही इभी हाइसको पछाडि धरानबाट हेटौंडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइक