काठमाडौं : नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्यनजर गर्दै आगामी कार्तिक १७ गतेदेखि काठमाडौंमा चौथो तिहार ‘फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ।संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिक १७ देखि २१ गतेसम्म भृकुटीमण्डपमा ५ दिने तिहार ‘फ्लोरा एक्स्पो’ आयोजना गर्न लागिएको जानकारी गराएको हो। ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको एक्स्पोमा ६३ वटा व्यावसायिक, ६ वटा अफिसियल र ४ वटा प्रतिस्पर्धात्मक गरी जम्मा ७३ वटा स्टल रहन