जनकपुरको जर्सीमा उदाएका राहुल

  • शुक्रबार​ १४ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो खेल खेल्दै थिए, उमेर थियो १६ वर्ष। तर, जनकपुर बोल्ट्सका राहुल यादवले मैदानमा उत्रिएको पहिलो बलमै विकेट लिएर आफ्नो परिचय दिए। दोस्रो खेलमा चार विकेट झारेपछि उनको चर्चा मैदानबाहिर पनि फैलियो। इंग्ल्यान्डका अनुभवी अलराउन्डर मोइन अलीले त उनलाई नेपालको मालिङ्गा बन्नसक्ने खेलाडीका रूपमा चित्रण गरे। रौतहटको चन्द्रपुरबाट ट्यालेन्ट हन्ट हुँदै जनकपुरको जर्सीसम्म आइपुगेका राहुल अहिले नेपाली क्रिकेटको नयाँ आकर्षण बनेका छन्।४४७ खेलाडीबीचबाट छनोट भएर जनकपुरक