अर्घाखाँची : सवारी साधनको राजस्व बुझाउन र ब्लुबुक नवीकरण गर्न बुटवल जानुपर्ने अर्घाखाँचीवासीको बाध्यता अन्त्य भएको छ। जिल्लामै पहिलोपटक सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण सेवा सुरु भएपछि मोटरसाइकलदेखि ठूला सवारी साधनसम्मको नवीकरण अब अर्घाखाँचीबाटै गर्न सकिने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा आयोजित कार्यक्रममा सेवाको शुभारम्भ गरे। सो अवसरमा उनले नवीकरण गरिएका सवारी दर्ता किताब सेवाग्राहीलाई हस्तान्तरण गरेका थिए।लामो समयदेखि जिल्लावासीले अपेक