काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक करिब साढे पाँच अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा अडिएको हो। नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ।अघिल्लो दिन बिहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको थियो। सो दिन ८ अर्ब ५७ करोड मूल्य बराबरको कारोबार भएको थियो।यसदिन ३४८ वटा स्क्रिप्सको २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार