निर्देशन कार्यान्वयनमा अटेरी गरेपछि एनप्याब्सनलाई सरकारले गर्यो निलम्बन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।राष्ट्रिय निर्देशन ऐन,२०१८ बमोजिम मन्त्रालयले दिएको निर्देशन बारम्बार पालना नगरेको र नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको देखिएकाले निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार यस विषयमा गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छल