काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरू नै विवादमा मुछिएपछि शुक्रबार फूलकोर्ट (पूर्ण बैठक) बसेको छ। बैठकमा प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग जोडिएको विषयमा छलफल भएको एक न्यायाधीशले बताए। सापकोटासँग गरेको भेटघाटबारे छानबिन पनि हुनुपर्ने माग उठेको ती न्यायाधीशको भनाइ छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि न्यायपालिकाको गरिमा र न्यायाधीशहरूको आचरणमाथि प्रश्न उठेको छ। व