काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। महाधिवेशन उद्घाटन र समापन खुलामञ्चमा गर्ने तथा मतदानका लागि राष्ट्रियसभा गृह प्रयोग गर्ने निर्णय गरिएको हो। महाधिवेशन संयोजन समितिका संयोजक डा. शशांक कोइराला नेतृत्वको समितिले यस्तो निर्णय गरेको हो। महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा बुक गरिएको केन्द्रीय