काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा आफू उपस्थित हुन नसक्ने भन्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दिएको निवेदनलाई विशेष अदालतले स्वीकार गरेको छ। यससँगै कात्तिक १९ गतेका लागि तय भएको अन्तिम आदेशको सुनुवाइ सरेको हो। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्यसहितको इजलासले नेपाललाई उक्त दिन अनुपस्थित हुन अनुमति दिएको हो। अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अर्को पेसीमा मुद्दाको अन्तिम आदेश आउन सक्नेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहितका व्यक्तिविरुद्ध पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद तथा बिक्री गर्न अनुमति दिँदा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले यस प्रकरणमा १८ करोड ५८ ... The post माधव नेपालले पेसी सार्न माग गरेपछि पतञ्जली मुद्दाको अन्तिम आदेश अर्को सुनुवाइमा appeared first on Kalika Khabar.