ट्रम्पले ब्राजिलको निर्वाचनलाई भने ‘लज्जास्पद’

  • शुक्रबार​ १४ कात्िक २०८३ ०८:३४ AM
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनको आलोचना गरेका छन् । उनले उक्त निर्वाचनलाई लज्जास्पद भन्दै यसले ब्राजिलका जनताको अपमान गरेको टिप्पणी गरेका छन् । वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले निर्वाचनमा कसैको पक्ष नलिएको बताए । तर, ब्राजिलमा भएका घटनाक्रम हेर्दा त्यसबारे शब्दमा वर्णन गर्न कठिन भएको उनको भनाइ थियो ।