उपकरण जडान गरेर निगरानीमा थियो भुटानमा विस्फोट भएको हिमताल

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:३० PM
भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ । अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् । हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध अर्थात् मोरेन कमजोर हुँदा वा भत्किँदा एक्कासि बाहिर निस्कने घटनालाई हिमताल विस्फोट (ग्लोफ) भनिन्छ । यस्तो बाढी पहाडी खोँच हुँदै तीव्र गतिमा तलतिर बग्ने क्रममा हिलो, ढुङ्गा तथा अन्य अवशेषसमेत बगाएर लैजान सक्छ । यसले सडक, पुल तथा बस्तीमा ठूलो क्षति पु¥याउन सक्छ । डेली भुटानले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हिमताल विस्फोटपछि आएको बाढीले गासा जिल्लामा मोछु नदी किनारमा रहेको चर्चित गासा छाचु तातोपानी परिसर पूर्ण रूपमा बगाएको छ । क्षतिको वास्तविक अवस्था भने अझै मूल्यांकन भइरहेको छ । त्यस्तै, पुनाखा–गासा सेकेन्डरी नेसनल हाइवेअन्तर्गत ३१