काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले विधिको पालना सत्ताको नेतृत्वमा रहनेहरूले नै गर्नुपर्नेमा जोड दिएका छन् । उन्नत लोकतन्त्रमा कोही पनि जन्म, पद, पहुँच, धन र शक्तिका आधारमा कानुन र सामाजिक मर्यादाभन्दा माथि हुन नसक्ने भन्दै उनले विधिको पालना सत्ताको नेतृत्वमा रहनेहरूले नै गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेन्डा बनेको सन्दर्भमा राज्यका विभिन्न अंगमा पलाएका विकृति विसंगति नष्ट नगरी, फोहरमैला सफा नगरी, उपियाँ–उडुसबाट मुक्त नभई सुशासन स्थापित गर्न सकिन्न ।” सुशासनको प्रत्याभूति नगरी ... The post विधिको पालना सत्ताको नेतृत्वबाटै हुनुपर्छ, सबै क्षेत्रमा एकैपटक आक्रमण गर्दा जोखिम : बाबुराम भट्टराई appeared first on Kalika Khabar.