काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको छ । महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण आयोगमा पठाउने तयारी गरिएको हो । नयाँ कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको विवरण आयोगमा अद्यावधिक गर्नु नियमित प्रक्रिया भएको कांग्रेसले जनाएको छ । कार्यसमितिको पूर्ण विवरण अद्यावधिक गर्न आवश्यक कागजात तथा विवरण संकलनको काम भइरहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए । बिहीबार शपथग्रहणलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले निर्वाचन आयोगमा विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिएको थियो । राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार पार्टीको केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको ... The post कांग्रेसको नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिँदै appeared first on Kalika Khabar.