गोरखा : मनास्लु क्षेत्रका विभिन्न गाउँहरूमा हिउँ पर्न थालेको छ । चुमनुब्री गाउँपालिकाको वडा नं.१ तथा वडा नं.७ का विभिन्न गाउँबस्तीमा हिउँ परेको स्थानीयहरूले बताएका छन् । बंगालको खाडीमा विकसित भइ दक्षिणपूर्वी नेपालबाट प्रवेश गरेको शक्तिशाली सामुद्रिक चक्रवात अर्नबको प्रभाव बिहीबार रातिदेखि गोरखाको मनास्लु क्षेत्रलगायतका हिमाली भेगमा परेको हो । वडा नं. १ को साम्दो तथा वडा नं. ७ को निले, छुले र लारमा अहिले हल्का हिमपात भएको स्थानीयहरूले जानकारी दिएका छन् । सामागाउँ,छेकम्पार, लामागाउँ लगाय