समाजवाद र निजीकरणको पुनर्विचार

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:०० PM
नेपालको आर्थिक तथा राजनीतिक विकासको बहसमा निजीकरण लामो समयदेखि विवाद र विमर्शको विषय रहँदै आएको छ। विशेषत: नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक समाजवादलाई आफ्नो वैचारिक आधार मान्ने राजनीतिक दलका लागि निजीकरण केवल आर्थिक नीति वा सरकारी स्वामित्व हस्तान्तरणको विषयमात्र होइन; यो पार्टीको वैचारिक प्रतिबद्धता, सामाजिक न्यायप्रतिको दृष्टिकोण र नागरिकप्रतिको उत्तरदायित्वसँग जोडिएको प्रश्न पनि हो।आजको सन्दर्भमा मूल प्रश्न निजीकरण गर्ने कि नगर्ने भन्ने मात्र होइन। कुन क्षेत्रको, कुन उद्देश्यका लागि, कस्तो प