उपकरण जडान गरेर निगरानीमा थियो भुटानमा विस्फोट भएको हिमताल

  • शुक्रबार​ १४ कात्िक २०८३ ०६:२२ AM
भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ । अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् । हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध अर्थात् मोरेन कमजोर हुँदा वा भत्किँदा