काठमाडौं : सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।भट्टका तर्फबाट उनका बुबा चतुर्भुज भट्टले असोज ७ गते आफ्ना छोराको तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।त्यसको भोलिपल्ट असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै भट्टको माग