काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक राखे । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले कार्कीको विकल्प खोज् थालेको र राजीनामाका लागि दबाब दिएको चर्चाबीच सबै प्रदेश प्रमुख अर्थात् डीआईजीहरूलाईसमेत बोलाएर त्यो बैठक राखिएको थियो। बिहीबार दिउँसो २ बजेदेखि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बसेको बैठक साँझसम्मै तन्किएको थियो ।