एकैदिन ३ हजार २ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

  • शुक्रबार​ १४ कात्िक २०८३ ०६:०० AM
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३२ सय रुपैयाँले घटेर २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको