पर्वतारोहण क्षेत्रमा सक्रिय ४५ देशका प्रतिनिधिहरु नेपाल आएका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (यूआईएए)को साधारणसभाका लागि पाँच महादेशबाट ४५ देशका प्रतिनिधि नेपाल आएका हुन् । साधारण सभा विहीबार साँझ काठमाडौंमा उद्घाटन गरिएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए)को आथित्यतामा शुक्रबार साँझ बसन्तपुर दरबार क्षेत्रमा ‘हेरिटेज वाकराउन्ड’ राखिएको छ । एनएमएको आतिथ्यमा भइरहेको साधारणसभा नेपालमा यसअघि