भुटानमा हिमताल विस्फोट: तातोपानी कुण्ड बग्दा बंगाल र असममा बाढीको त्रास

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:०० AM
काठमाडौं: भुटानको गासा जिल्लामा बिहीबार राति सिन्ताफु हिमताल फुटेर  आएको भीषण बाढीका कारण ठूलो क्षति भएको छ।बाढीको तीव्र बहावले गासाको प्रसिद्ध तातोपानी कुण्ड 'गासा त्शाचु' पूर्ण रूपमा बगाएको छ। बाढीका कारण पुनाखा-गासा राजमार्गको एक भाग भत्किएपछि यातायात ठप्प भएको छ भने लाआ जोड्ने सडकमा पनि क्षति पुगेको छ। हालसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन। बाढीकै कारण पुनाखा जिल्लामा सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणाली नष्ट भएको छ।हिमताल फुटेपछि संकोश नदीमा जलसतह ह्वात्तै बढेको छ। यो नदी