काठमाडौं । नेपालमा चेरी क्यू इलेक्ट्रिक एसयूभीको डेलिभरी सुरु भएको छ । नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले देशका प्रमुख सहरमा एकैसाथ डेलिभरी सुरु गरेको हो । कम्पनीका अनुसार काठमाडौंसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा चेरी क्यूको डेलिभरी सुरु गरिएको छ । चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । कम्पनीका