काठमाडौं : प्रहरी हिरासतमा रहेका इनम सापकोटामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीका उच्च अधिकारी र न्यायिक निकायका पदाधिकारीहरू जोडिएको पाइएपछि राज्यका सुरक्षा, प्रशासनिक तथा न्यायिक क्षेत्रमा ठूलो तरंग पैदा भएको छ।सर्वोच्च अदालतसहित विभिन्न अदालतहरूमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका सापकोटाको उच्च तहसँग पहुँच र सम्पर्क रहेको विवरण सार्वजनिक भएको छ।पक्राउ परेका बिचौलिया सापकोटाले प्रधानमन्त्री वालेन्द्र शाहको नामसमेत दुरुपयोग गरी न्यायाधीशहरूलाई फोन गर्ने, सन्देश पठाउने र मुद्दा