राजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था आवश्यक : कमल थापा

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:२६ AM
सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता कमल थापाले राजादेखि सबै राजनीतिक शक्तिहरू अटाउन सक्ने राजनीतिक प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सर्लाहीले बिहीबार साँझ सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समिति सर्लाहीको सभा हलमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले मुलुकमा राष्ट्रिय मेलमिलाप, सुशासन र राजनीतिक स्थायित्वको आवश्यकता रहेको बताए । उनले धर्मनिरपेक्षता र गणतन्त्रकै बाटोबाट अघि बढ्न खोजे नयाँ उदयमान राजनीतिक शक्तिहरू पनि असफल हुन अस्वाभाविक नहुने धारणा व्यक्त गरे । नयाँ राजनीतिक शक्तिहरूलाई समेत आफ्नो विचार र सिद्धान्तबाट विचलित नभई ... The post राजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था आवश्यक : कमल थापा appeared first on Kalika Khabar.