काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देश छोडेर जाँदै गरेको भिडियो खिच्ने पूर्ववायुसेना अधिकृत केएम तौसिफ सौरीको मृत्यु भएको छ । बिहीबार ढाकास्थित तुराग नदीमा उनको शव फेला परेको हो । २८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए । हसिनाको भिडियो सार्वजनिक गरेकै कारण आफूलाई दुःख दिइएको र त्यसपछि हत्या गरिएको आरोप उनका परिवारले लगाएका छन् । अधिकारीहरूका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुनेछ । हालसम्म यो मृत्यु डुबेर आत्महत्या वा हत्या कुन कारणले भएको हो भन्ने स्पष्ट छैन् । बंगलादेशी पत्रिका ‘द डेली स्टार’का अनुसार ती अधिकारीको ... The post शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृत मृत फेला, हत्या भएको परिवारको दाबी appeared first on Kalika Khabar.