काठमाडौं : विभिन्न बहानामा युवतीहरूलाई ठगी गरेको अभियोगमा कलाकार सञ्जय भन्ने डम्बर खतिवडालाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले समेत सदर गरेको छ।खतिवडालाई बेलायत बस्ने नेपाली मूलकी एक युवतीको जाहेरीको आधारमा भदौ ८ गते अनुसन्धानका लागि पक्राउ गरिएको थियो।नेपालमै अटोमोबाइल्स व्यवसाय सञ्चालन गर्ने अर्की युवतीले पनि उनीविरुद्ध जाहेरी दर्ता गराएकी थिइन्।जिल्ला अदालतले असोज ६ गते उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो।आदेश बदरको माग गर्दै