मोरङको रतुवामाईमा प्रहरीको ८ राउन्ड फायर : २ भारतीय घाइते, हतियार र ब्राउन सुगर बरामद

  • शुक्रबार​ १४ कात्िक २०८३ ०८:०० AM
विराटनगर : लागुऔषधको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा निगरानीमा खटिएको प्रहरी टोलीले मोरङको रतुवामाईमा गोली चलाएर बिहीबार राति तीन जनालाई पक्राउ गरेको छ।उक्त घटनामा प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन्। पक्राउ परेकाहरूको साथबाट करिब आधा किलो (५ सय ग्राम) खैरो हेरोइन (ब्राउन सुगर), पेस्तोल र गोलीसमेत बरामद भएको छ। रतुवामाई नगरपालिका–६ शनिश्चरेमा राति करिब ९:३० बजे प्रहरी र लागुऔषध कारोबारमा संलग्न व्यक्तिबीच जम्काभेट भएको थियो।लागुऔषध नियन्त्रण एवं चेकजाँचका लागि खटिएको प