बंगालको खाडीमा विकसित 'अर्नब' चक्रवातको प्रभाव: देशका धेरै स्थानमा वर्षा र हिमपात

  • शुक्रबार​ १४ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : बंगालको खाडीमा विकसित 'अर्नब' चक्रवातको प्रभावका कारण हाल नेपालका अधिकांश भू-भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार बिहीबार रातिदेखि नै कोशीदेखि बागमती प्रदेशसम्मका अधिकांश स्थानमा एकनासको हल्का वर्षा जारी छ। त्यस्तै, मध्यरातपछि लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भागहरूमा पनि वर्षा सुरु भएको छ।आज दिनभरजसो मौसम यस्तै रहने र वर्षा निरन्तर हुने सम्भावना