काठमाडौं : अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३१) मा नेपालले हिमालका मुद्दा, जलवायु न्याय, हानि तथा नोक्सानी, जलवायु वित्त र अनुकूलनका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ। वन तथा वातावरण मन्त्रालयले बिहीबार आयोजना गरेको ‘राष्ट्रिय जलवायु सम्मेलन २०२६’ मा यी विषयहरू जोडदार रूपमा उठाइने जानकारी दिइएको हो।टर्कीको एन्टलयामा नोभेम्बर ९ देखि हुने जलवायु सम्मेलनमा विशेषगरी जलवायु न्याय र हिमालको विषयलाई महत्वका साथ उठाइने परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए। नेपालको नेतृत्व