काठमाडौं : बेलायती गायक जर्ज माइकलले सन् १९८७ मा ‘फेथ’ म्युजिक भिडियोमा प्रयोग गरेको गिटार लिलामीमा १ लाख ८० हजार पाउन्डमा बिक्री भएको छ । तर, गायकसँग सम्बन्धित व्यक्तिगत सामग्री लिलामीमा राखिएको विषयलाई लिएर विवादसमेत भएको छ ।लिलामी संस्था स्वोर्डर्सले माइकलकी लामो समयकी व्यक्तिगत सहायक सिओभान बेलीको सङ्ग्रहमा रहेका ३० भन्दा बढी सामग्री बिक्री गरेको बिबिसिले जनाएको छ । ती सामग्रीबाट खरिदकर्ताले तिर्नुपर्ने अतिरिक्त शुल्कबाहेक कुल २ लाख ३८ हजार पाउन्ड प्राप्त भएको छ ।सन् २०१४ मा