काठ्माण्डौँ : अमेरिकाको अलास्का राज्यमा एउटै नाम भएका दुई उम्मेदवार सिनेट चुनावमा प्रतिस्पर्धामा उत्रिएको प्रकरणमा गभर्नर माइक डनलिभीले छानबिन गर्न आदेश दिएका छन् ।रिपब्लिकन गभर्नर डनलिभीले डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलाको चुनावी अभियानसँग सम्बन्धित व्यक्तिहरूले रिपब्लिकन उम्मेदवार डान सुलिभानको मत काट्न उस्तै नाम भएका अर्का उम्मेदवारलाई चुनावमा उठाउने प्रयास गरेको भन्ने द न्युयोर्क टाइम्स को समाचारपछि छानबिनको आदेश दिएका हुन् ।डनलिभीले अलास्काका कानुन उल्लङ्घन भए–नभएको र आपराधिक मुद्