काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि 'राजीनामाको दबाब बढेको' भन्ने विषयमा प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ। आईजीपी कार्कीको सचिवालयले बिहीबार बेलुका विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।यस्ता सामग्रीले नागरिकमा नकारात्मकता सिर्जना गर्नुका साथै सुरक्षा जोखिम बढाउन र प्रहरी संगठनप्रतिको विश्वास, छवि तथा निष्ठामा असर पार्न सक्ने विज्ञप्तिमा