गोरखाको सिर्दिबासमा एक घर जलेर नष्ट

  • बिहीबार १३ कात्िक २०८३ १०:०० PM
गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, सिर्दिबासमा एक घर जलेर नष्ट भएको छ। बिहिबार बेलुका साढे ७ बजे स्थानीय धनबहादुर गुरुङको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।ब्लकले बनाएको दुईतले चार कोठे घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। स्थानीयबासी र प्रहरी चौकी सिर्दिबासबाट खटिएका प्रहरीले आगो नियन्त्रणमा लिएका उनले बताए।