काठमाडौं । नेपाल प्रहरीले प्रहरी संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजिएको भन्दै त्यस्ता व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब भन्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा खबर बाहिरिएपछि प्रहरी मुख्यालय त्यस विषयमा बोलेको हो । त्यसो त आजै प्रहरीको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) को बैठक समेत बसेको थियो