तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

  • बिहीबार १३ कात्िक २०८३ ०८:२७ PM
काठमाडौं । झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्न नयाँ ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन दमकले बोलपत्र मूल्याङ्कनपछि ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको हो। सूचनाअनुसार महालक्ष्मी–जय धनञ्जय जेभी, काठमाडौंको १ अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रुपैयाँ ६१ पैसा कबोल रकमको बोलपत्र प्रारम्भिक रूपमा छनोट भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कानुनी प्रक्रिया र विभिन्न विवादको समाधानसँगै स्रोत सहमति, लागत अनुमान तथा डिजाइन अद्यावधिक गरेर पुनः ठेक्का आह्वान गरिएको बताएका छन्। उनले लामो समयदेखि अलपत्र सडकको निर्माण प्रक्रिया अघि बढाउनुलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गरेका छन्। यस खण्डको करिब २५