भारतको मुम्बईबाट उद्धार गरिएका दुई बालबालिकाको परिवारसँग पुनर्मिलन

  • बिहीबार १३ कात्िक २०८३ ०८:४७ PM
काठमाडौँ। विराटनगरबाट दुई महिनाअघि हराएका एक बालक र एक बालिकाको भारतको मुम्बईबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ। २०८३ कार्तिक ९ गते बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, १०४ कोशी प्रदेशको पहलमा हराएका दुवै बालबालिकाको खोजतलास गरी भारतबाट उद्धार गरिएको हो।  दुई महिनाअघि विराटनगरबाट हराएका उनीहरूलाई भारतको मुम्बईमा फेला पारी किन इन्डिया र शुभअवसर ग्रामको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो। सम्बन्धित निकाय तथा संस्थाहरूको समन्वय र सहकार्यमा उद्धार गरिएका दुवै बालबालिकालाई परिवारको जिम्मा लगाई पारिवारिक पुनर्मिलन गराइएको छ। बालबालिका हराएको अवस्थामा तत्काल खोजतलासका लागि सम्बन्धित निकायमा जानकारी गराउनु आवश्यक छ। बालबालिकाको सुरक्षा, संरक्षण तथा हराएका बालबालिकाको खोजतलास र पारिवारिक पुनर्मिलनका लागि बाल हेल्पलाइन १०९८ तथा बालबालिका खोजतलास सेवा १०४ मा सम्पर्क गर्न सकिन्छ।