छ बुँदे माग राखेर डा. गोविन्द केसीले इलाममा सुरू गरे २५औं सत्याग्रह

  • बिहीबार १३ कात्िक २०८३ ०९:०० PM
इलाम : वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पूर्वी पहाडी जिल्ला इलामलाई पुनः सत्याग्रह स्थल बनाउँदै आफ्नो २५औँ आमरण अनशन सुरु गरेका छन्। पूर्वघोषित अल्टिमेटमको समयावधिभित्र सरकारले आफ्ना मागहरूप्रति गम्भीरता नदेखाएपछि उनले बिहीबार साँझ ५ बजेदेखि अनशन सुरु गरेका हुन्। पूर्वाधार र कानुनी मापदण्डबिनै चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको, चिकित्सा शिक्षा आयोगमा स्वार्थको द्वन्द्वयुक्त निर्णयहरू गरिएको र विगतका सहमतिहरू कार्यान्वयन नभएको भन्दै