झापा : झापाको भद्रपुरमा भोलिदेखि हुने प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालमै पहिलो पटक भद्रपुरमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी बारेमा भद्रपुर नगर हक्की संघले आज दिउँसो पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। भद्रपुर नगरपालिका–९ स्थित पुहाँतु जनज्योति माविको खेल मैदानमा तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा भारतका तीन, तीन विभागीय, कोशी, गण्डकी, कर्णाली र आयोजक गरी १० वटा टोलीले सहभागिता जनाउने