न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने काम गरेको छैन, अनुसन्धानमा पूर्ण सहयोग गर्छु : न्यायाधीश फुयाल

  • बिहीबार १३ कात्िक २०८३ ०२:०५ PM
काठमाण्डु– सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले विचौलिया भनिएका इनम सापकोटासँग आफूलाई जोडेर सार्वजनिक भएका विवरण तथा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउका छन् । बिहीबार वक्तव्य जारी गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सुशासनयुक्त न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताएका हुन् । फुयालले पछिल्लो समय न्यायक्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसङ्गतिको गलत फाइदा उठाएर गरिएका कार्य राज्यको