काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश हरिशप्रसाद फुयालले आफूबाट न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै पनि कार्य नभएको दाबी गरेका छन्। बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै फुयालले आफ्ना बारेमा सार्वजनिक भएका विवरण र समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्। स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्। पछिल्लो समय न्यायक्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसङ्गतिको गलत फाइदा उठाएर गरिएका कार्यहरू राज्यको जानकारीमा आ