दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गर्ने व्यक्ति पक्राउ

  • बिहीबार १३ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषाको सबैला नगरपालिका-१२ का २८ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार यादवले कानुनविपरीत विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत क्रिप्टोकरेन्सी (क्रिप्टो/यूएसडीटी) को ठूलो कारोबार गरेको पाइएको छ।प्रहरीले विशेष सूचनाका आधारमा गरेको अनुसन्धानका क्रममा यादवको बाइनान्स खातामार्फत २ अर्ब १६ करोड एक लाख २० हजार ८२१ रुपै