चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरूले प्रक्रिया विपरीत एकतर्फी रूपमा चर्को शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियु जिल्ला कमिटी, चितवनले विरोध जनाएको छ। संगठनले शुल्क वृद्धि तत्काल नियन्त्रण गर्न माग गर्दै भरतपुर महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ। अनेरास्ववियुका केन्द्रीय सदस्य प्रशान्त सुवेदीका अनुसार संगठनले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रसेन अधिकारीमार्फत महानगरको ध्यानाकर्षण गराएको हो। देशमा